२०८३ बैशाख ३१ गते , विहीबार

कनकाईका महिलाहरूलाई धूप बनाउने तालिम

sajilo news
झापा
२०८० माघ १५ गते , सोमबार
कनकाईका महिलाहरूलाई धूप बनाउने तालिम

कनकाई । झापाको कनकाई नगरपालिका १ र ७ स्थित बिहानी महिला समूहमा आबद्ध महिलाहरूका लागि सीप मुलुक धूप बनाउने सम्बन्धी ३ दिवसीय तालिम आइतबार सम्पन्न भएको छ । स्वरोजगार सृजना गर्न उद्देश्यले महिलाहरूलाई सीप मूलक धूप बनाउने तालिम दिइएको थियो । 

तालिममा सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै कार्यक्रमकी  प्रमुख अतिथि समेत रहकी कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा सिवाकोटीले तालिममा सहभागीहरूलाई आफै पनि सामाग्री जुटाएर यहाँ सिकेका कुराहरूलाई व्यवहारमा उतार्न सुझाव दिइन्  । उनले महिलाहरूले समूह बनाई सामाग्रीहरू उत्पादन गरी विक्री वितरण गरी स्वरोजगार बन्न आग्रह गरिन । 

उनले नगर तथा वडाले स्वरोजगार बन्नका लागी महिला लक्षित कार्यक्रम निरन्तर गर्दै जाने भन्दै आगामी दिनमा पनि साबुन, हर्पिक, फिनेल लगायतका सामाग्री बनाउने योजना अघि सार्न बताइन् । 

बिहानी महिला समूहकी अध्यक्ष इन्दिरा भुजेल (मञ्जु)को अध्यक्षतामा भएको कार्यक्रममा सहजकर्ता जागरण एकल महिला समूहकी सचिव गीता सिवाकोटी र मनमाया थापाले महिलाहरूलाई आय आर्जन गर्न सक्षम हुन सीप सिकेपछि केही गर्न आग्रह गरिन । 

कार्यक्रममा कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत, क्लबका सल्लाहकार तथा भवन निर्माण समिति सचिव लोकनाथ उप्रेती , सहजीकरण  महिला समूहकी सचिव निर्मला बस्नेत लगायतले सिकेको सिपको सही सदुपयोग गरी स्वरोजगार बन्न सुझाव दिएका थिए ।   तालिममा बिहानी महिला समूहका ३६ जना महिलाहरूले सहभागिता  रहेको समूहकी कोषाध्यक्ष तुलसा थापाले जानकारी दिइन । 

सम्बन्धित समाचार