२०८१ चैत्र १३ गते , बुधबार
सन्थाल समुदायको 'सोहराय' पर्व, हल्दिबारीमा स्थानीय बिदा

आदिवासी सन्थाल समुदायको सोहराय पर्वको अवसरमा हल्दिवारी गाउँपालिकाले माघ १५ गते स्थानीय बिदा दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले सूचना जारी गरी माघ १५ गते सार्वजनिक बिदा दिइएको र सो दिन गाउँपालिका कार्यालय र अन्तर्गत रहेका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू बन्द रहने जनाएका छन् । सन्थाल समुदायले सोहरायलाई महान् पर्वको रुपमा मनाउँदै आएका छन् ।