२०८३ जेष्ठ १७ गते , आईतबार

द्वन्द्वले इथियोपियामा ३५ लाख मानिस विस्थापित

sajilo news
एजेन्सी
२०८० माघ ६ गते , शनिबार
द्वन्द्वले इथियोपियामा ३५ लाख मानिस विस्थापित

इथियोपियामा करिब ३५ लाख मानिस विस्थापित भएका छन्। ती विस्थापितमध्ये आधाभन्दा बढी द्वन्द्वका कारण विस्थापित भएको  संयुक्त राष्ट्रसंघीय निकायको अन्तरराष्ट्रिय आप्रवासन संगठनको नयाँ प्रतिवेदनमा उल्लेख छ।

आईओएमले शुक्रबार जारी गरेको राष्ट्रिय विस्थापन प्रतिवेदनले इथियोपियामा द्वन्द्वका अतिरिक्त १२ क्षेत्रमा कुल ३५ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएको जनाएको छ। 

संयुक्त राष्ट्रसंघ एजेन्सीले पूर्वी अफ्रिकी देश एक पटक पुनः गम्भीर मानवीय  संकटमा पर्ने चेतावनी दिएको छ। इथियोपियामा मानवीय संकट,  मुख्यतया बाढी र खडेरी,  सशस्त्र द्वन्द्व,  रोगको प्रकोप  साथै आर्थिक संकटले निम्त्याएको छ। 

त्यसैगरी विश्वभर अत्यावश्यक वस्तुको बढ्दो मूल्य, मुद्रास्फीति र स्थानीय मुद्राको निरन्तर अवमूल्यनका बीच यी जटिलताले विस्थापन, खाद्य असुरक्षा, कुपोषण, रोगको प्रकोप र बढ्दो सुरक्षा चिन्ता थपेको राष्ट्रसंघ एजेन्सीले जनाएको छ।
 

सम्बन्धित समाचार