२०८१ बैशाख ३ गते , सोमबार

पुष्पा–२ हल भन्दा पहिले ओटिटीमा रिलिज हुन लागेको हो ?

sajilo news
एजेन्सी
२०८० माघ ३ गते , बुधबार
पुष्पा–२ हल भन्दा पहिले ओटिटीमा रिलिज हुन लागेको हो ?

काठमाडौँ । साउथ सुपरस्टार अल्लु अर्जुन यतिबेला आफ्नो आगामी फिल्म ‘पुष्पा २’ लाई लिएर चर्चामा छन् । यस अभिनेताको फिल्मलाई दर्शक पनि उत्सुकतापूर्वक पर्खिरहेका छन् । फिल्मको पहिलो भाग निकै ब्लकबस्टर साबित भयो । योसँगै अब फिल्मको दोस्रो भागलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । यो फिल्म यसै वर्ष रिलिजको तयारीमा छ । तर, हलमा रिलिज हुनु अघि नै निर्माताले ठूलो घोषणा गरेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार निर्माताले हलमा फिल्मको रिलिज अघि नै ओटीटी रिलीजको घोषणा गरिसकेका छन्। हो, पुष्पा–२ ले पनि ओटीटी हिट गर्नेछ। यो फिल्म ओटिटी प्लेट फर्म नेटफ्लिक्समा रिलिज हुनेछ। नेटफ्लिक्सले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट सेयर गरेर यो जानकारी दिएको हो ।पुष्पा–२ को पोस्टरको क्याप्सनमा लेखिएको छ, ‘चाँडै नै नेटफ्लिक्स हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नडमा पुष्पा– २ आउँदैछ।’ तर, यो फिल्म कुनै दिन ओटीटीमा स्ट्रिम हुनेछ कि छैन भन्ने जानकारी भने खुलाइएको छैन ।

‘पुष्पा २’ यसै वर्षको अगस्ट १५ मा हलमा रिलिज हुँदैछ । हालै यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । यो ट्रेलरले पनि उत्तिकै माया पाएको छ । ट्रेलर हेरेपछि दर्शक फेरि पनि फिल्मलाई लिएर उत्साहित देखिन्छन् ।

 

सम्बन्धित समाचार