जाडोमा विद्यार्थीलाई स्विटर बाँड्दै नेवि संघ
गौरादह । झापा गौरादहका विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई नेपाल विद्यार्थी संघले न्यानो कपडा (स्विटर) वितरण गरेको छ । यो चिसो मौसममा आर्थिक अवस्था कमजोर भएका तथा विपन्न बर्गलाई लक्षित गर्दै नेवि संघ नगर समितिले विद्यार्थीहरूलाई स्विटर वितरण गरेको नेवि संघ नगर सभापति कवीन्द्र चुडालले जानकारी दिए ।
गौरादह नगरपालिका- ८ स्थित अरुणोदय आधारभूत विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई स्विटर वितरण गरिएको उनले बताए ।संघले केही दिन अघि गौरादहकै ५ स्थित जनज्योति प्राबिमा अध्ययनरत २५ जना र गौरादह ४ स्थित भीमसेन आधारभूत विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई स्विटर वितरण गरेका थिए । पछिल्लो समय सामाजिक कार्यमा निरन्तर अग्रसर नेवि संघ नगर समितिले छिट्टै गौरादहका अन्य केही विद्यालयहरूमा स्कुल ब्याग वितरण गर्ने कार्यक्रम गर्ने जनाइएको छ ।