२०८३ असार १० गते , बुधबार

इलाममा नवजात शिशु बेवारिसे अवस्थामा भेटियो

sajilo news
इलाम
२०८० पौष २७ गते , शुक्रबार
इलाममा नवजात शिशु बेवारिसे अवस्थामा भेटियो

इलाममा एक नवजात शिशु बेवारिसे अवस्थामा जीवित फेला परेको छ ।  इलामको माईजोगमाई गाउँपालिका-३ स्थित गुप्ती मेन रोड भन्दा एक किलोमिटर तल ढुङ्गाको ओडारमा नवजात शिशु फेला परेको हो ।

शिशुलाई स्थानीयले उद्धार गरेको छ । सो शिशु ३/४ दिन अघि जन्मेको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शिशुको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

सम्बन्धित समाचार