२०८३ बैशाख २१ गते , सोमबार

हल्दिबारी गाउँपालिकाले पनि दियो भाक्का दिवसमा स्थानीय बिदा

sajilo news
झापा
२०८० पौष २७ गते , शुक्रबार
हल्दिबारी गाउँपालिकाले पनि दियो भाक्का दिवसमा स्थानीय बिदा

हल्दिवारी गाउँपालिकाले पनि राष्ट्रिय भाक्का दिवसका दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । यही पुष २९ गते आइतबार मनाइने भाक्का दिवस दिन अति आवश्यक सेवाबाहेक हल्दिवारी गाउँपालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि कचनकवल गाउँपालिकाले भाक्का दिवसमा स्थानीय विदा दिने निर्णय गरेको थियो । पुष २७ गते पृथ्वी जयन्ती र तोल ल्होसार, पुष २८ गते शनिबार , २९ गते भाक्का दिवस र माघ १ गते माघे संक्रान्ति पर्व परेकोले ती पालिकाहरुमा लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।

सम्बन्धित समाचार