२०८३ असार १० गते , बुधबार

लायन्स क्लबद्वारा अपाङ्ग अशक्त बालबालिकालाई सहयोग

sajilo news
झापा
२०८० पौष २७ गते , शुक्रबार
लायन्स क्लबद्वारा अपाङ्ग अशक्त बालबालिकालाई सहयोग

बिर्तामोड ।  विभिन्न सामाजिक कार्य गर्दै आएको लायन्स क्लब अफ बिर्तामोड लेडीले कनकाई-४ स्थित पुकार अपाङ्ग अशक्त समाजमा आश्रितहरूलाई सहयोग गरेको छ । संस्थाका पदाधिकारीहरूले बिहीबार अपाङ्ग र असहाय बालबालिकाहरूलाई खाद्यान्न, तरकारी , फलफूल र  उपभोग्य सामानहरू वितरण गरेका हुन् ।

६० केजी चामल , १० केजी मुरै , २० केजी चिउरा , २७ केजी फूलकोभी , ३२ केजी बन्दाकोभी , एक क्यारेट टमाटर, एक क्यारेट सुन्तला ,एक काटुन् अङ्गुर , डाइपर , साबुन , नुन , खानेतेल, चिनीलगायतका सामान वितरण गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष  निरु उप्रेती ओलीले बताइन् । अध्यक्ष ओलीको अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख अतिथि लायन्स क्लबका डिष्ट्रिक चिफ सत्यनारायण शर्मा, विशिष्ट अतिथि डिष्ट्रिक चिफ नीरज ओली, पुकार अपाङ्ग अशक्त समाजका सञ्चालक  निर्मला शर्मासहित लायन्सका सदस्यहरूको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अफ बिर्तामोड लेडीको यो ३८ औं कार्यक्रम हो । केही दिनअघि लायन्स क्लब अफ बिर्तामोड लेडीले अर्जुनधारा ८ स्थित  चन्द्रोदय प्राथमिक विद्यालयका १५८ जना विद्यार्थीहरूलाई स्विटर र शैक्षिक सामग्री वितरण गरेको थियो भने हिमाली मावि लक्ष्मीपुरका विद्यार्थीहरूलाई झुल र किराना सामान सहयोग गरिएको अध्यक्ष ओलीले जानकारी दिएकी छन् ।       

सम्बन्धित समाचार