सिद्धान्त साकोसको १३ औं साधारण सभा सम्पन्न
भद्रपुर । भद्रपुर-१० स्थित सिद्धान्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।
चन्द्रगढीमा सम्पन्न भएको सभाको उद्घाटन भद्रपुर १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्का काजीले गरेका थिए । सभामा संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले २०८९ ८० मा गरेका क्रियाकलापहरूको बारेमा जानकारी गराउँदै भावी नीति तथा कार्य योजनाका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा शेयर सदस्य ९० वर्षीय अम्बिकादेवी कट्टेल, अपाङ्ग तथा अशक्त सदस्य दिनालाल माझी, उत्कृष्ट सदस्य सुमित्रा गिरी र लालबहादुर यादवलाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष खड्का, स्वर्गद्वारी कृषि सहकारी संस्थाका अध्यक्ष गोपालबहादुर थापा, रेडक्रस उपशाखा भद्रपुर अध्यक्ष गोपाल गिरी, झापा सामुदायिक साकोसकी कोषाध्यक्ष उर्मिला गौतम लगायतले मन्तव्य राखेका थिए । श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव ऋषि चापागाईँले तथा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष देवीमाया प्रधानले गरेकी राखेकी थिइन् ।