२०८३ बैशाख २३ गते , बुधबार

मोटरसाइकल दुर्घटना हुँदा ढकाल दम्पत्तीको मृत्यु

sajilo news
झापा
२०८० पौष २६ गते , विहीबार
मोटरसाइकल दुर्घटना हुँदा ढकाल दम्पत्तीको मृत्यु

कैलालीको चिसापानी–कुइने सडकखण्डको डङडंगेमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक दम्पत्तीको मृत्यु भएको छ । अछामको पञ्चदेव विनायक नगरपालिका-१ कुइकाका ३८ वर्षीय खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए ।

अछामबाट बर्दिया आउने क्रममा ढकालले चलाएको भे.१३प. १०७४ नम्बरको मोटरसाइकल मोहन्याल गाउँपालिका-७ को पितमारीभन्दा झण्डै दुई सय मिटर उत्तरस्थित सडकबाट तल कर्णाली नदीको खोचमा खसेको थियो । इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार प्रहरीलाई मोटरसाइकल दुर्घटनाबारे राति ८ बजे जानकारी आएको थियो ।

सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरीको टोली घटनास्थल पुगेर ढकाल दम्पत्तीलाई राफ्टिङ बोटबाट चिसापानी पुर्‍याइएको थियो । राति करिव ११ बजे चिसापानी पुर्‍याएका ढकाल दम्पत्तीको मृत्यु भइसकेको थियो । अन्नपूर्ण पोष्टबाट 

सम्बन्धित समाचार