२०८३ बैशाख २३ गते , बुधबार
पत्रकार परियारलाई वाणिज्य संघका अध्यक्ष शिवाकोटीले दिएको धम्कीप्रति आपत्ति
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ झापा, प्रेस चौतारी र प्रेस सेन्टर नेपालले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ ।
इजलास दैनिकका सम्पादक प्रदीप परियारलाई केटाहरू लगाएर कुटपिट गर्ने शिवाकोटीले धम्की दिएको भन्दै पत्रकार सम्बद्ध सङ्गठनहरूले आपत्ति जनाएको हो । जारी गरिएको विज्ञप्तिमा भनिएको छ, पत्रकार परियारको मानमर्दन हुने गरी सार्वजनिक ठाउँमा अभिव्यक्ति दिएको भन्दै संघका अध्यक्ष शिवाकोटी खेद प्रकट गरेको छ । बिर्तामोडको एउटा सहकारी संस्थाको साधारण सभामा अध्यक्ष शिवाकोटीले पत्रकार परियारविरुद्ध अपमानजनक टिप्पणी गरेको गरेको थियो । पत्रकार परियारलाई केटाहरू लगाएर कुटपिट गर्ने धम्की अध्यक्ष शिवाकोटीले दिएको जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।


