२०८३ बैशाख २३ गते , बुधबार

झापामा दुई फरार प्रतिवादी पक्राउ

sajilo news
झापा
२०८० पौष २६ गते , विहीबार
झापामा दुई फरार प्रतिवादी पक्राउ

झापामा दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा वन पैदावार हानी नोक्सानी र चोरी मुद्दाका दोषी रहेका छन् । गत बैशाख १६ गतेको झापा जिल्ला अदालतको फैसला अनुसार वन पैदावार हानी नोक्सानी मुद्दामा दमक नगरपालिका वडा नं. ३ बस्ने ३१ वर्षीय कुमार भन्ने देउकुमार सुब्बालाई १५ दिन कैद र ७ हजार ८०५ रुपैयाँ जरिवाना तोकिएको थियो ।

त्यस्तै २०७८ मङ्सिर २९ गतेको फैसला अनुसार चोरी मुद्दामा पाँचथर साबिक सुभाङ गा.वि.स.वडा नं.३ हाल हिलिहाङ गाउँपालिका वडा नं. ५ घर भई झापा बुद्धशान्ति गाउँपालिका वडा नं.२ बस्ने २१ वर्षीय सुमन रणपहेलीलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । फरार रहेका दुवैलाई हिजो पक्राउ गरी आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार