२०८१ माघ २५ गते , शुक्रबार

धरतीमा गंगाको अवतरण

sajilo news
पत्रपत्रिका
२०८० पौष २५ गते , बुधबार
धरतीमा गंगाको अवतरण

पृथ्वीको उत्पत्ति बारेमा दुई मान्यता रहिआएका छन्– एउटा आध्यात्मिक र अर्को, वैज्ञानिक । धर्मशास्त्रानुसार पृथ्वीको सृष्टि भएको १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय २३ वर्ष भइसकेको छ । पछिल्लो काल कलियुगको पनि ५ हजार १ सय २२ वर्ष बितिसकेको छ । शास्त्रानुसार कलियुगको ४ लाख २६ हजार ८ सय ७७ वर्ष मात्र बाँकी रहेको छ ।

वैज्ञानिक मान्यतानुसार पृथ्वीको जन्म भएको ४ अर्ब ६० करोड वर्ष भएको छ । यसले पृथ्वीको जन्म भएदेखि एक कोषीय, बहुकोषीय, हाड भएका र नभएका, दूध चुसाउने र नचुसाउने प्राणीदेखि हर्ब, स्रब र रूख हुँदै आजको सभ्य मानव युगको व्याख्या गरेको छ । अहिले ‘ग्लोबल वार्मिङ’को युग सुरु भएको छ । यतिबेला पानीका विविध रूपको चर्चा र तिनको विलोपीकरणप्रति चिन्ता जाहेर भइरहेको छ ।

विज्ञानले पृथ्वीमा पानी परेको वा नदी बगेको दिन किटान गरेको छैन । तर पृथ्वी सेलाउने, बादल बन्ने, पानी पर्ने र तातो पृथ्वीमा धाँजा फाट्ने प्रक्रिया र समयको भने चर्चा गरेको छ । आध्यात्मिक चिन्तन, त्यो पनि भारतीय उपमहाद्वीपको हिन्दू शास्त्रानुसार पृथ्वीमा जीवन सदा राखिरहनका लागि राजा भगीरथको तपस्याबाट गंगा पृथ्वीमा झरेकी बारेमा रोचक कथा छ ।

हिन्दू शास्त्रानुसार पौराणिक काल महाभारत काललाई मानिन्छ । यो काल राम–रावण युद्धको त्रेताकालभन्दा पछि तर कलियुगभन्दा अघि अर्थात् पाण्डव–कौरव युद्ध (महाभारत युद्ध)को काल मानिन्छ । यही कालमा पृथ्वीमा पानीको हाहाकार हुन गई जीव वनस्पति सिद्धिने अवस्था सिर्जना हुनगयो । जीव तथा वनस्पतिको अस्तित्व नै नरहने भएपछि मानिसमा घोर निराशा पैदा हुनगयो ।

प्रजापालक राजा भगिरथका अगाडि अब आराधनाबाहेक केही पनि बाँकी रहेन । एक मात्र विकल्प बाँकी हुँदा उनी महादेवको तपस्यामा लिन भए । उनले पृथ्वीमा गंगा अवतरणका लागि अनुनय विनय गर्नथाले । ब्रह्मा, विष्णु, शंकरसहितका त्रिदेवलाई उनले गुहारिरहे । त्यसपछि भगवान् शंकरको जटाबाट पृथ्वीमा गंगा अवतरण भइन् । कालको मुखमा परेको पृथ्वी हराभरा र जीवन्त हुनपायो । पृथ्वी बाँच्यो ।

गंगाको अवतरणपछि पृथ्वीमा फेरि पनि सबैभन्दा पहिले जौ र तिलको खेती हुनथाल्यो । अहिले पनि जौ र तिललाई पवित्र अन्न मानिन्छ । यी दुवै खानाका साथै हवन कुण्डमा पनि प्रयोग गरिन्छन् । जौ र तिल उत्तिकै शुद्ध र उपयोगी दुवै मानिन्छन् । जौ–तिललाई औषधीय वनस्पतिका रूपमा पनि उपयोग गरिन्छ ।

आयुर्वेदमा उल्लेख गरिएनुसार जौको परिकारले कण्ठरोग, चर्मरोग, स्वास र कफ आदिलाई निको पार्छ । विवाहजस्तो शुभ मुहूर्तमा जौको परिकार र जौ प्रयोग गरिन्छ । पुण्य कार्यमा अन्न दान, जल दान आदि गरिन्छ । वैशाख अक्षय तृतीयाका दिन सातु–सर्बत दान गरेर आगन्तुकहरूलाई स्वागत गरिन्छ । हिउँद मौसममा फल्ने जौको सातु पौष्टिकताले भरिपूर्ण हुन्छ । आजको राजधानी दैनिकमा खबर छ । 

सम्बन्धित समाचार