२०८३ बैशाख १९ गते , शनिबार

आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडमा हिमपात

sajilo news
झापा
२०८० पौष २४ गते , मंगलबार
आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडमा हिमपात

देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम र कोसी  प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

विभागले राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ।  बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

सम्बन्धित समाचार