२०८३ बैशाख १९ गते , शनिबार
कचनकवल गाउँपालिका १ का वडाध्यक्ष लिम्बुलाई पितृ शोक
कचनकवल । कचनकवल गाउँपालिका १ नम्बर वडाध्यक्ष महावीर लिम्बू (रञ्जित)लाई पितृ शोक परेको छ । साबिक घेरावारि निवासी वडाध्यक्ष महावीरका बुबा मदन लिम्बुको ९२ वर्षको उमेर सोमबार निधन भएको हो ।
बिरामी परेका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । महावीरका बुबा मदन समाजसेवी तथा शालीन व्यक्तित्वको रुपमा परिचित थिए । उनका ६ छोरा र ५ छोरी रहेका छन् । उनको भोलि मंगलबार बिहान ११ बजे घर नजिकै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।