२०८३ बैशाख १९ गते , शनिबार

भद्रपुरको झिलिमिली पुल नजिकै मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

sajilo news
झापा
२०८० पौष २२ गते , आईतबार
भद्रपुरको झिलिमिली पुल नजिकै मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

झापाको भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–२ का २८ वर्षीय लेखनाथ दाहाल रहेका छन् ।

मेची राजमार्ग अन्तरगत भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुलनजिकै गएराति उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१३ प ९६०७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलको साइडको पिलरमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक कचनकवल–२ सुकुनाडिकीका ३१ वर्षीय धनपति पाठक र पछाडि सवार दाहाल घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी हस्पिटल बिर्तामोड पठाइएको थियो । दाहालको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक पाठकको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झिलिमिली पुल नजिकै यसअघि कयौँ दुर्घटना भइसकेको छ । सो पुल दुर्घटनाग्रस्त क्षेत्र भएकोले प्रहरीले होडिङ बोर्ड राखेको छ । 

सम्बन्धित समाचार