२०८३ बैशाख १९ गते , शनिबार

सर्लाही घटना : गृहले बनायो छानबिन समिति, मृतकका परिवारलाई दस लाख दिइने

sajilo news
झापा
२०८० पौष २२ गते , आईतबार
सर्लाही घटना : गृहले बनायो छानबिन समिति, मृतकका परिवारलाई दस लाख दिइने

गृह मन्त्रालयले सर्लाहीको बरहथवामा भएको घटना विषयमा छानविन समिति बनाएको छ। गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी रहेको तीन सदस्यीय छानविन समिति गठन गरिएको हो। गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्नेछ। त्यस्तै घटनामा मृत्यु भएका ३२ वर्षीय जयशंकर साहको परिवारलाई राहतस्वरुप दस लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको प्रवक्ता भट्टराईले बताए। 

सम्बन्धित समाचार