२०८३ बैशाख १९ गते , शनिबार

तराईमा हुस्सु र कुहिरो, दुई प्रदेशमा हिमपात

sajilo news
झापा
२०८० पौष २१ गते , शनिबार
तराईमा हुस्सु र कुहिरो, दुई प्रदेशमा हिमपात

कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ। यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

सम्बन्धित समाचार