२०८३ बैशाख १९ गते , शनिबार

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

sajilo news
झापा
२०८० पौष २० गते , शुक्रबार
मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका-११ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो साढे १ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र-१-०५-००१ प ७४३० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार स्थानीय २२ वर्षीय मनोज चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक २२ वर्षीय ज्ञानेन्द्र मलाहलाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

सम्बन्धित समाचार