२०८३ बैशाख १९ गते , शनिबार

हल्दिबारीमा लम्पी स्किन रोगविरुद्धको खोप अभियान

sajilo news
झापा
२०८० पौष १९ गते , विहीबार
हल्दिबारीमा लम्पी स्किन रोगविरुद्धको खोप अभियान

हल्दिबारी । हल्दिबारी गाउँपालिकाले गाईवस्तुमा लाग्ने लम्पी स्किन रोगविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । लम्पी स्किन रोग ( Capripox Virus) को कारणले गाई भैँसीमा लाग्ने सङ्क्रामक रोग हो। लम्पी स्किन रोगका विरुद्ध LSD-NDOLL भ्याक्सिन लगाइएको हल्दिबारी गाउँपालिका कि पशु शाखा प्रमुख सानुमाया श्रेष्ठले बताइन्। ५० प्रतिशत अनुदानमा लगाइएको भ्याक्सिनको किसानले एउटा पशुको लागि ४५ रुपैयाँ तिर्नुपर्छ।

यो खोप कृषि मन्त्रालय पशु सेवा विभागले सिफारिस गरे  अनुसारको भएकोले कृषकहरूले यो खोप गर्भावस्थामा रहेका, भर्खरै सुत्केरी तथा साना बाच्छाबाच्छी लगायत सबै पशुहरूमा निर्धक्क लगाउन मिल्ने पनि श्रेष्ठले बताइन्। हल्दिबारी गाउँपालिकाका पशु प्राविधिकहरूले गाउँ गाउँमा गएर खोप लगाइरहेका छन् भने हालसम्म २ हजार भन्दा बढी पशुलाई खोप लगाइसकिएको छ। खोप कार्यक्रम निरन्तर सञ्चालन हुनेछ।

भ्याक्सिन लगाउन चौपाया ल्याउँदै किसानहरू

गत वर्ष अत्यधिक संक्रमण फैलिएकाले यो वर्ष समयमै खोप अभियान चलाइएकोले सबै पशुपालन किसानलाई आफ्ना चौपायालाई खोप लगाउन गाउँपालिका अध्यक्ष रवीन्द्र लिङदेनले आग्रह गरेका छन्।

लम्पी स्किन रोगका लक्षणहरू

१०४ डी फरेनहाइट भन्दा धेरै ज्वरो आउने, दानापानी घाँस नखाने तथा पशु दुब्लाउँदै जाने।

शरीरको विभिन्न भागमा, विशेष गरी पेट र थुन को वरिपरि सारो गोलो गिर्खा आउने।

आँखा तथा नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ बग्ने।

खुट्टा सुन्निने र हिँडडुल गर्न गाह्रो हुने।

दूध दिने गाई भैँसी को दूध घट्दै जाने ।

प्रजनन समस्या हुने।

रोगको संक्रमण बढ्दै जाँदा जीवाणु को संक्रमण हुने र घाउ पाक्ने।

सरुवा रोग भएकाले यसको संक्रमण तीव्र गतिमा बढ्छ । लम्पीको लक्षण भएको बाच्छो।

रोग सर्ने माध्यमहरू

लाम्खुट्टे, झिँगा,डाँस र किर्ना जस्ता जीवको टोकाइबाट।

प्राकृतिक र कृत्रिम गर्भाधान बाट।

संक्रमित पशुहरूको ओसारपसारबाट।

सङ्क्रमितलाई प्रयोग गरेको निडिल तथा सिरिन्जको प्रयोग।

सम्बन्धित समाचार