२०८१ माघ २ गते , बुधबार

'मन्द मन्द हावा' गीत सार्वजनिक

sajilo news
झापा
२०८० पौष १८ गते , बुधबार
'मन्द मन्द हावा' गीत सार्वजनिक

गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको ’मन्द मन्द हावा’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सिडी विजय अधिकारी र अस्मिता अधिकारीले स्वर दिएका छन ।

राज कुमार बगरको सङ्गीत तथा राजु कार्की को सङ्गीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडी बिचको प्रेमका संवादहरूलाई गीतमा समेटिएको छ । दीपक गिरीको छायाङ्कन , विकाश दाहालको सम्पादन तथा जनक सिंहको निर्देशन भिडियोमा रहेको छ । ’मन्द मन्द हावा’ गीतको भिडियोमा सनम कठायत र स्मारिका ढकालको फिचरिङ रहेको छ । 

’मन्द मन्द हावा’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

https://www.youtube.com/embed/RhcMOJyg39s?si=M3AqCVA3vlDUwi0E

सम्बन्धित समाचार