२०८३ बैशाख १९ गते , शनिबार

लागूऔषध मुद्दाका फरार प्रतिवादी झापा कारागार चलान

sajilo news
झापा
२०८० पौष १७ गते , मंगलबार
लागूऔषध मुद्दाका फरार प्रतिवादी झापा कारागार चलान

झापामा लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरिएको छ। झापा जिल्ला अदालतको आदेशपछि मेचीनगर–६ का ३४ वर्षीय शिव श्रेष्ठ कारागार चलान भएका हुन् ।

अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पुस १३ गते पक्राउ गरेको थियो । सार्वजनिक बिदाका कारण दुई दिन ढिलो अदालत पेस गरिएका उनलाई कैद सजाय भुक्तानका लागि सोमवार कारागार चलान गरिएको हो ।

लागू औषध मुद्दामा झापा जिल्ला अदालतले गत भदौ २६ गते श्रेष्ठलाई तीन महिना कैद सजाय र पीडित राहत कोषमा दुई सय रुपैयाँ जम्मा गर्नु पर्ने फैसला सुनाएको थियो । फरार रहेका उनलाई पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

सम्बन्धित समाचार