२०८३ बैशाख १९ गते , शनिबार

मोरङको सुन्दरहरैँचामा जंगली हात्तीलाई गोली हानेर मारेको पुष्टि

sajilo news
झापा
२०८० पौष १७ गते , मंगलबार
मोरङको सुन्दरहरैँचामा जंगली हात्तीलाई गोली हानेर मारेको पुष्टि

मोरङमा जंगली हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ। मारेपछि हात्तीको पुच्छर गायब बनाइएको छ। गोली हान्ने समूहको पहिचान भइसकेको छैन। वन कार्यालयका अनुसार अन्दाजी १२ देखि १५ वर्ष उमेरको जस्तो देखिने भाले हात्ती सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र सोमबार बिहान मृत फेला परेको थियो। 

सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले हात्तीको देब्रेतर्फको खुट्टाभन्दा माथि र घाँटीनजिक गोली लागेको पाइएको जानकारी दिए।  उनका अनुसार कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको पशु चिकित्सकको टोलीले पोस्टमार्टम गरेर हात्तीको शरीरभित्रबाट गोली निकालेको छ।

‘भरुवा बन्दुकले प्रहार गरेजस्तो देखिन्छ। बाहिरको भाग छेडेर गोली मुटुमै पुगेको रहेछ,’ माझीले भने, ‘वन्यजन्तुको चोरी–सिकारी गर्ने समूहले गोली हानेको हो। प्रहरीसँग समन्वय गरेर त्यो समूहको खोजी भइरहेको छ।’

सम्बन्धित समाचार