२०८३ बैशाख १९ गते , शनिबार
तमोर नदीमा पौडी खेल्ने क्रममा भारतीय नागरिकको डुबेर मृत्यु
ताप्लेजुङको फुङलिङ नगरपालिका-२ हान्द्रुङस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ । शनिबार दिउँसो भारत घर भई सानीमा हाइड्रो पावरमा काम गर्ने कामदार २२ वर्षीय मुकेश साही तमोर नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । उनलाई अचेत अवस्थामा फेला पारी प्रहरी र स्थानीय बासीको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषित गरेका थिए । घटनाको बारेमा प्रहरी कार्यालय ताप्लेजुङले अनुसन्धान गरिरहेको जनाइएको छ ।