२०८३ बैशाख १९ गते , शनिबार

मेची पुल भद्रपुरबाट ब्राउन सुगरसहित बिर्तामोडका युवक पक्राउ

sajilo news
झापा
२०८० पौष १६ गते , सोमबार
मेची पुल भद्रपुरबाट ब्राउन सुगरसहित बिर्तामोडका युवक पक्राउ

भद्रपुर । भद्रपुरस्थित मेची पुलबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-९ निवासी १९ वर्षीय सुनिल महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भारतको गलगलियाबाट नेपालतर्फ पैदल हिँडेर आइरहेका महतोलाई सीमा नाकामा तैनाथ सुरक्षाकर्मीले शङ्का लागि चेकजाँच गर्दा  १ ग्राम ३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ । 

सम्बन्धित समाचार