२०८३ बैशाख १९ गते , शनिबार

इक्यान झापाको अध्यक्षमा रोशन

sajilo news
झापा
२०८० पौष १६ गते , सोमबार
इक्यान झापाको अध्यक्षमा रोशन

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा रोशन सुवेदी चयन भएका छन् । दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । समितिमा निवर्तमान अध्यक्षमा मिलन ओली, उपाध्यक्षमा राजकुमार कार्की, सचिवमा अशोक भण्डारी र कोषाध्यक्षमा चुणामणि प्रसाईँ (अग्नि) चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा चिरन न्यौपाने, प्रकाश पराजुली, विशाल सिटौला र तुलसी पाठक चयन भएका निर्वाचन समितिका संयोजक पुष्पराज भट्टराईले जानकारी दिए । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको पाचौं वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको हो । इक्यान झापाका अध्यक्ष मिलन ओलीको अध्यक्षतामा आइतबार बिर्तामोडमा भएको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन इक्यानका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शेषराज भट्टराईले गरेका थिए ।

उनले शैक्षिक परामर्श क्षेत्रको विकास तथा एकतालाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिन सबैलाई आग्रह गरे । कार्यक्रममा इक्यान झापाका प्रमुख सल्लाहकार पुष्पराज भट्टराई, नेल्टाका केन्द्रीय सदस्य धमेन्द्र भट्टराई (मामा), रोटरी क्लब अफ बिर्तामोड मीड टाउनका अध्यक्ष सिद्धार्थ नवीन उप्रेती, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा इक्यान केन्द्रीय उपाध्यक्ष लक्ष्मण पौडेल, तृतीय उपाध्यक्ष गीता शर्मा, महासचिव दीपकराज भुसाल, इक्यान पूर्वाञ्चल शाखाका नवनिर्वाचित अध्यक्षसहित प्रतिनिधि लगायतको आतिथ्य रहेको थियो ।

इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेलले सगत गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार कार्कीले गरेका थिए । कार्यक्रममा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । अधिवेशनको अवसरमा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो भने इक्यानलाई महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै संस्थापक अध्यक्ष सुमान शर्मा जमरकट्टेल र अतिरिक्त विभाग प्रमुख अग्नि सापकोटा(अनिल) लाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार