२०८३ बैशाख १९ गते , शनिबार

आज तराईमा हुस्सु र कुहिरो, चिसोबाट बच्न अनुरोध

sajilo news
झापा
२०८० पौष १५ गते , आईतबार
आज तराईमा हुस्सु र कुहिरो, चिसोबाट बच्न अनुरोध

आज बिहानैदेखि तराईका स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईका भू-भागमा बिहानीपख हुस्सु/कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता  अपनाउन महाशाखाले अनुरोध गरेको हो।

साथै तराईका केही भू-भागमा आज बिहानैदेखि शितलहर पनि भइरहेको छ। पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

'आज देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बांकी  भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।', महाशाखाको बुलेटिनमा उल्लेख छ।

सम्बन्धित समाचार