२०८१ बैशाख ३ गते , सोमबार

गायक सरगम राईको ‘चाहना बढ्दै गो...’ गीत सार्वजनिक

sajilo news
झापा
२०८० पौष १५ गते , आईतबार
गायक सरगम राईको ‘चाहना बढ्दै गो...’ गीत सार्वजनिक

गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो...’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा सङ्गीत र सबिन  लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ ।

प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक  रुपमा प्रस्तुत गरिएको छ  । आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा व्यक्त गरेका छन ।

सोनम पाख्रिनको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायाङ्कन गरेका हुन् भने सम्पादन विजेश पौडेलको रहेको छ ।

यहाँ भिडियो हेर्नुहोस् । 

https://www.youtube.com/embed/0khhQj2ybbw?si=Pz7dx1SEpzejDmxI

सम्बन्धित समाचार