२०८३ बैशाख १९ गते , शनिबार
भोलि भद्रपुरका केही वडामा खानेपानी सेवा अवरुद्ध हुने
भद्रपुर । भोलि आइतबार पनि भद्रपुरका केही वडामा खानेपानी सेवा अवरुद्ध हुने भएको छ । नेपाल खानेपानी संस्थान भद्रपुरले भद्रपुर मुख्य बजार क्षेत्र (संगमदेखि जनताचोक हुँदै पुरानो भद्रपुर नगरपालिका कार्यालय अगाडिसम्म) मा पाइपलाइन इन्टरकनेक्सन कार्य गर्नुपर्ने भएकाले खानेपानी सेवा अवरुद्ध हुन लागेको संस्थाका कर्मचारी नारायण देवकोटाले जानकारी दिए । भोलि आइतबार बिहान ९ बजेदेखि बेलुका ६ बजे सम्म खानेपानी वितरण कार्य अवरुद्ध हुने उनको भनाई छ ।