२०८३ असार १० गते , बुधबार

होटलमा युवती लिएर गएका पुरुषको १० मिनेट मै गयो ज्यान

sajilo news
झापा
२०८० पौष १४ गते , शनिबार
होटलमा युवती लिएर गएका पुरुषको १० मिनेट मै गयो ज्यान

सिरहाको मिर्चैया बजारस्थित ओखलढुङ्गे गिरी होटलमा महिलासँगै बसेका युवकको मृत्यु भएको छ । सिरहाकै कल्याणपुर नगरपालिका- २ का अन्दाजी ४० वर्षीय मुकेशप्रसाद कर्णको आज मृत्यु भएको हो ।

होटलको कोठामा पुगेको केहीबेरमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार कोठामा गएको १० मिनेट नबित्दै महिला रुँदै तल आएपछि होटल सञ्चालकसहितले उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा लगिएको थियो । उनको त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक कर्णसँग होटल पुगेकी महिलाको पहिचान प्रहरीले खुलाएको छैन । महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनले भने, ‘मृतक कर्णको मुख बाङ्गो भएको देखिएको छ । अनुसन्धान गरिरहेका छौं । तर, पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारणबारे केही भन्न सकिँदैन ।’

घटनाबारे उनको परिवारलाई जानकारी गराएको र आएपछि आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाउने डीएसपी बस्नेतले बताए ।

सम्बन्धित समाचार