२०८३ बैशाख २४ गते , विहीबार

झापामा १०० ग्राम ब्राउन सुगर र मोटरसाइकलसहित दुईजना पक्राउ 

sajilo news
झापा
२०८० पौष १४ गते , शनिबार
झापामा १०० ग्राम ब्राउन सुगर र मोटरसाइकलसहित दुईजना पक्राउ 

झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-११ निवासी २९ वर्षीय मनिस मोक्तान र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३७ वर्षीय रीगबहादुर दर्जी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-१३ स्थित चारआली चोकमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राती पौने ११ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ५ प ३६४८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेका थिए । चेकजाँचको क्रममा उनीहरूबाट १०० ग्राम १५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

मोटरसाइकल सहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान सुरु गरिएको डीएसपी रिजालले बताए । 

 

सम्बन्धित समाचार