२०८३ बैशाख १९ गते , शनिबार

भद्रपुरका केही वडामा खानेपानी सेवा अवरुद्ध

sajilo news
झापा
२०८० पौष १४ गते , शनिबार
भद्रपुरका केही वडामा खानेपानी सेवा अवरुद्ध

भद्रपुर । भद्रपुरका केही वडामा खानेपानी सेवा अवरुद्ध बनेको छ । नेपाल खानेपानी संस्थान भद्रपुरले भद्रपुरको मुख्य बजार क्षेत्रमा पाइपलाइन इन्टरकनेक्सन गरिरहेको कारणले खानेपानी सेवा अवरुद्ध बनेको हो ।

संस्थाले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी सेवा अवरुद्ध भएको जानकारी गराएको थियो । सो सूचनामा शुक्रबार र शनिबार दुई दिन बिहान ९ बजेदेखि बेलुका ६ बजे सम्म खानेपानी वितरण कार्य अवरुद्ध हुने ग्राहकवर्गहरुलाई जानकारी गराएको रहेछ । तर, सो सूचना ग्राहकवर्ग सम्म नपुग्दा यसले थप समस्या निम्ताएको छ ।

बेलुका ६ बजेदेखि पानी वितरण गरिने भनिएता पनि यो समाचार तयार पारुन्जेल धारामा पानी आएको छैन । संस्थाका कर्मचारी नारायण देवकोटाका अनुसार पाइपलाइन इन्टरकनेक्सन जडान कार्य भइरहेको बताए । जडान सकिए लगतै पानी वितरण गरिने उनको भनाई छ । संस्थाले स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह नगर्दा यहाँका जनताले निरन्तर सास्ती झेल्दै आइरहेको गुनासो पनि बढ्दै गएको छ ।

सम्बन्धित समाचार