२०८३ बैशाख १९ गते , शनिबार

हल्दिबारीको काली मन्दिरमा चोरी

sajilo news
झापा
२०८० पौष १३ गते , शुक्रबार
हल्दिबारीको काली मन्दिरमा चोरी

झापाको हल्दिबारीमा मठमन्दिरमा हुने चोरीका घटना अझै रोकिएको छैन । यसै क्रममा हल्दिबारी गाउँपालिका-२ स्थित भेलागढी सामुदायिक वन बल्क नम्बर ४ क्षेत्र भित्र रहेको काली मन्दिरमा गएराती चोरी भएको छ ।

मन्दिर भित्रको दान पेटिका फुटाएर दान पेटिकामा रहेको १५ हजार पैसा र साउन्ड बक्स, एम्लीफाइर चोरी भएको सामुदायिक वनका सचिव खगेन राजवंशीले बताए ।  मन्दिरको बाहिरी गेट र मूल गेडको ताला फुटाएर चोरी भएको र यस बारेमा प्रहरीलाई जानकारी गराइसकेको उनले बताए । 

सम्बन्धित समाचार