२०८३ बैशाख १९ गते , शनिबार

घरमा आगलागी हुँदा शिशुको जलेर मृत्यु

sajilo news
झापा
२०८० पौष १२ गते , विहीबार
घरमा आगलागी हुँदा शिशुको जलेर मृत्यु

दार्चुलामा घरमा आगलागी हुँदा जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति रणवीर टमटाको घरमा आगलागी हुदाँ उनका चार महिनाका छोरा विजयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिए ।

उनका अनुसार रविद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो । आगोले उनको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले आगो निभाएका थिए ।

सम्बन्धित समाचार