२०८३ बैशाख १९ गते , शनिबार

ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

sajilo news
झापा
२०८० पौष १२ गते , विहीबार
ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

सङ्खुवासभाको मकालु गाउँपालिका-५ मा भिरबाट ट्याक्टर खस्दा चालकको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजे को २ त ८२३९ नम्बरको ट्याक्टर मकालु-१ मा निर्माण भइरहेको पर्खालको लागि सिमेन्ट बोकी जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाउँमा भिरबाट अन्दाजी ३५ मिटर तल खस्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा ट्याक्टर चालक स्थानीय २७ वर्षीय तीर्थ बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

सम्बन्धित समाचार