२०८३ बैशाख १९ गते , शनिबार
ब्राउन सुगरसहित एकजना पक्राउ
विराटनगर महानगरपालिका-१५ बाट लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार दिउँसो लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका- ४ खोटाङका २५ वर्षीय मिलन राईलाई शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर ८६ मिलिग्राम फेला परेको थियो । पक्राउ परेका उनको बारेमा इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको छ ।