२०८३ बैशाख १९ गते , शनिबार
ट्रकमा आगलागी हुँदा चार लाखको क्षति
झापाको गौरीगञ्जमा हेभी ट्रकमा तार सर्ट भएर आगलागी भएको छ । गौरीगञ्ज गाउँपालिका- ३ स्थित हुक्कागाछीमा मंगलबार बिहान अन्दाजी १०ः२० बजेको समयमा उक्त ट्रकमा आगलागी भएको थियो ।
सोही स्थानका वासुदेव ताजपुरीयाको काटामा धान लोड गर्दे गरेको अवस्थामा रविन खरिद बिक्री कम्पनीको मे १ क ८००१ नम्बरको ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकमा आगलागी भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जमा खबर प्राप्त भएपछि प्रहरी टोली पुगेको थियो । आगलागीबाट ट्रकको अगाडीको भागको इन्जिनमा सामान्य क्षति हुँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाइएको छ ।