२०८३ बैशाख १९ गते , शनिबार

गाई काटेर मासु भाग लगाइरहेका तीनजना पक्राउ

sajilo news
झापा
२०८० पौष ९ गते , सोमबार
गाई काटेर मासु भाग लगाइरहेका तीनजना पक्राउ

कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन। पालिकाको वडा १० भावपुरबाट गाईको मासु काटी भाग लगाई रहेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाईको मासु काटि भाग लगाई राखेको सुराकीको भरमा सुरज विकको घरबाट इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा पुगेको टोलीले विक सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विक सहित बुद्धभूमि नगरपालिका १० बस्ने वर्ष ५५ का वर्षाति थारु, रुपन्देही जिल्ला कन्चन गाउँपालिका ५ बस्ने वर्ष ३० का श्रीधर टमार रहेका छन् । उनिहरुबाट अन्दाजी १०० केजी गाईको मासु समेत बरामद गरिएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय कपिवस्तुले जनाएको छ।

सम्बन्धित समाचार