२०८१ माघ ३० गते , बुधबार

एलिना र बसन्तको ‘सुन ठिटा हो’ गीत सार्वजनिक (भिडियोसहित)

sajilo news
झापा
२०८० पौष ९ गते , सोमबार
एलिना र बसन्तको ‘सुन ठिटा हो’ गीत सार्वजनिक (भिडियोसहित)

झापा । गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतबार  सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ ।

ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको सङ्गीत रहेको गीतमा कृष्ण विक ले सङ्गीत संयोजन गरेका हुन्। सुनिल भण्डारीको छायाङ्कन गरेको गीतको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका छन्। गीतलाई सुनिल  क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् । गीतको भिडियोलाई टंक कार्की छिमेकीले लगानी गरेका हुन । 

’सुन ठिटा हो’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । 

https://www.youtube.com/watch?v=oY7-7ZpTnHQ&ab_channel=SundarHamal

सम्बन्धित समाचार