२०८३ बैशाख १९ गते , शनिबार

बाहुनडाँगी जेसीजको अध्यक्षमा देबु बानियाँ

sajilo news
झापा
२०८० पौष ९ गते , सोमबार
बाहुनडाँगी जेसीजको अध्यक्षमा देबु बानियाँ

मेचीनगर । बाहुनडाँगी जेसीज वर्ष २०२४ को अध्यक्षमा देबु बानियाँ सर्वसम्मत निर्वाचित भएका छन् ।आइतबार सम्पन्न शाखाको १२ औँ वार्षिक साधारण सभाबाट बानियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको निर्वाचन आयुक्त दीपक बरालले जानकारी दिए ।

सन २०१३ मा बाहुनडाँगी जेसीजमा आबद्ध भएर निरन्तर काम गर्दै आएका बानियाँले जेसीजका सबै पदहरूमा बसेर जिम्मेवारी पुरा गरेका छन् । नेपाल जेसीजबाट पटक-पटक सम्मानित भएका बानियाँ देशभरका शाखाहरूसँग परिचित छन् ।सन २०१९ मा नेपाल जेसीजको वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका थिए ।प्रेस क्लब मेचीनगरका सचिव समेत रहेका बानियाँ पेसाले शिक्षक हुन् । उनी बलभद्र आधारभूत विद्यालयका शिक्षक हुन् ।

अधिवेशनले शाखाको कार्यकारिणी उपाध्यक्षमा शुष्मा मिश्र, केदार सुनवार, उपाध्यक्षहरूमा थेसीस रुचाल, पवन बराइली, सदेश पौडेल र किरण गौतम सर्वसम्मत निर्वाचित भएको बरालले बताए ।यसैगरी नवनिर्वाचित अध्यक्ष बानियाँले विभिन्न पदमा मनोनीत समेत गरेका छन् ।

मनोनीत हुनेहरूमा महासचिवमा सुस्मिता खतिवडा, कानुनी सल्लाहकारमा न्यूटन कार्की र कोषाध्यक्षमा नृत्यनन्द चम्लगाई रहेका छन् ।अन्य बाँकी पदहरूलाई शाखाको पद हस्तान्तरण समारोहमा मनोनीत गरिने उनले बताए ।

सम्बन्धित समाचार