२०८३ बैशाख १९ गते , शनिबार

अवैध काठसहित ट्रक नियन्त्रणमा

sajilo news
झापा
२०८० पौष ८ गते , आईतबार
अवैध काठसहित ट्रक नियन्त्रणमा

उदयपुरको चौदण्डीगढी नगरपालिका- ७ मा अवैध काठ बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राती विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले  प्र-१-०२-००२ ख ००६२ नम्बरको ट्रकबाट ५ सय ६० क्युवि फिट अवैध उतिसको गोलिया काठ बरामद गरेको हो । 

अवैध काठ बरामद भएसँगै ट्रक र ट्रक चालक बेलबारी ४ मोरङका सोम बहादुर भुजेल, सहचालक लालीगुराँस नगरपालिका ३ तेह्रथुमका केदार बानियालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सब-डिभिजन वन कार्यालय बेल्टारमा बुझाइसकेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार