२०८३ बैशाख १९ गते , शनिबार

ताप्लेजुङका धनबहादुर ४० बर्षपछि सिक्किममा भेटिए

sajilo news
झापा
२०८० पौष ८ गते , आईतबार
ताप्लेजुङका धनबहादुर ४० बर्षपछि सिक्किममा भेटिए

ताप्लेजुङको साबिक तेल्लोक हालको श्रीजंगा गाउँपालिका- ३ का धनबहादुर लिम्बू बेपत्ता भएको करिब ४० वर्षपछि भेटिएका छन् । ६० वर्षको उमेरमा उनी भारतको सिक्किममा फेला परेका हुन् । उनी ४० वर्षभन्दा अघिदेखि परिवारको सम्पर्कमा थिएनन् । सिक्किमस्थित अन्तर्राष्ट्रिय मानव परिषद् नामक संस्थाले लिम्बूलाई दुई महिनाअघि बेवारिसे अवस्थामा फेला पारेर परिषदद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रमा राखेको थियो ।

प्रहरीले सोही संस्थासँग समन्वय गरेपछि संस्थाका प्रतिनिधिहरूले शनिवार लिम्बूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएका थिए । उनलाई शनिवार नै भतिज नाता पर्ने ताप्लेजुङ साबिक तेल्लोक गाविस- २, हाल श्रीजंगा गाउँपालिका- ३ बस्ने ४३ वर्षीय आइतराज लिम्बूलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सम्बन्धित समाचार