२०८३ बैशाख १९ गते , शनिबार

भद्रपुरमा कपडा बैङ्क सञ्चालनमा

sajilo news
रेवतीराज घिमिरे
२०८० पौष ७ गते , शनिबार
भद्रपुरमा कपडा बैङ्क सञ्चालनमा

भद्रपुर । भद्रपुर- १० स्थित लेखनाथ चोक चन्द्रगढीमा हुनेले दिने नहुनेले लिने नामको कपडा बैङ्कको सञ्चालनमा आएको छ । सो कपडा बैङ्कको शनिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । मातृ भजन सेवा समिति चन्द्रगढीले सञ्चालनमा ल्याएको बैङ्कको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका छन् ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै भजन सेवा समितिकी सचिव ज्योति रिजाल न्यौपानेले बिरामी भएर अस्पतालमा जाने तथा अन्य क्षेत्रमा बसोबास गर्ने गरिब तथा असहाय लक्षित वर्गहरूलाई निःशुल्क रुपमा कपडा वितरण गर्ने उद्देश्यले बैङ्कको स्थापना गरिएको बताइन् । दाताहरूबाट प्राप्त कपडा लक्षित वर्ग अन्तरगतका बालबालिका, वृद्धवृद्धा, महिला तथा पुरुषलाई जुनसुकै बेला पनि उपलब्ध गराइने उनको भनाई छ ।

सुशीला दाहालको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, दुर्गा पाठक, उत्तम पौडेल, रेखा अधिकारी, गणेश पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कपडा बैङ्कमा जाडो तथा गर्मी समयमा लगाउने ज्याकेट, कोट कुर्था, सुरुवाल लगायतका सबै प्रकारका कपडा राखिएको छ ।  

सम्बन्धित समाचार