२०८३ बैशाख १९ गते , शनिबार

भद्रपुर माविको व्यवस्थापन समितिमा दुई महिलासहित चार जना निर्वाचित

sajilo news
झापा
२०८० पौष ७ गते , शनिबार
भद्रपुर माविको व्यवस्थापन समितिमा दुई महिलासहित चार जना निर्वाचित

भद्रपुर । भद्रपुर माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन सर्वसम्मत ढङ्गले हुन नसकेपछि मतदान प्रक्रियाबाट सदस्य निर्वाचित भएका छन्।

विद्यालयमा शुक्रबार भएको निर्वाचन प्रक्रियाबाट दुई महिला सदस्य र दुई खुला सदस्य निर्वाचित भएका छन् । निर्वाचनबाट महिला सदस्यमा अनिता मण्डल ढकाल (१०८ मत) र सुनिता राजवंशी (९२ मत) तथा खुला सदस्यमा तेजलाल राजवंशी (१५१ मत) र उमेश चौधरी (११६ मत) ल्याई निर्वाचित भएको विद्यालयले जनाएको छ। निर्वाचनमा ९ जनाले उम्मेदवारी दिए पनि आठ जनाबाट चार जना निर्वाचित भएका हुन्। फुलमनि राजवंशी (५८ मत), मञ्जु हाँस्दा बरही ( ३ मत), मिना हस्दा (५४ मत), सन्तकुमार राजवंशी (६८ मत) ल्याई पराजित भएका छन् । 

अभिभावकबाट दुई जना महिला सहित चार जना निर्वाचित भए भने अब शिक्षकबाट एक जना, एक जना जनप्रतिनिधि र प्रअ पदेन गरी सात जनाको बैठकले एक जना शिक्षा प्रेमी र एक जना चन्दादाताबाट मनोनीत गर्नेछन् । त्यसरी बनेको नौ जनाको बैठकले अध्यक्ष छनौट गर्ने शिक्षा ऐनमा व्यवस्था रहेको विद्यालयले जनाएको छ । 

सम्बन्धित समाचार