२०८३ बैशाख १९ गते , शनिबार
मारवाडी युवा मञ्च भद्रपुरको अध्यक्षमा मोहित शर्मा
भद्रपुर । मारवाडी युवा मञ्च भद्रपुरको अध्यक्षमा मोहित शर्मा निर्विरोध चयन भएका छन् । मारवाडी युवा सङ्गठनका केन्द्रीय सदस्य हेमन्त सुरानाको प्रमुख आतिथ्य तथा मञ्चका भद्रपुर नगर अध्यक्ष दीपककुमार अग्रवालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेका हुन।
मञ्चको उपाध्यक्षमा अविनाश नाहटा, सचिवमा रोहित सरिया र कोषाध्यक्षमा राहुल साहेवाला रहेका छन् । त्यस्तै सदस्यहरूमा विकास अग्रवाल, प्रवेश अग्रवाल, विकास सिंघल, रमेश सिंघल, मनोज सरावगी, जितु शर्मा ‘ जितेन्द्र ‘ र रजत धारेवा रहेका छन् ।