२०८३ बैशाख १९ गते , शनिबार

इनरव्हील क्लब अफ भद्रपुरद्वारा वृक्षारोपण 

sajilo news
झापा
२०८० पौष ७ गते , शनिबार
इनरव्हील क्लब अफ भद्रपुरद्वारा वृक्षारोपण 

भद्रपुर । सामाजिक संस्था इनरव्हील क्लब अफ भद्रपुरले नगरको विभिन्न क्षेत्रमा वृक्षारोपण गरेको छ । १०० वर्ष अन्तर्राष्ट्रिय इनरव्हील दिवसको अवसरमा इनरव्हील क्लबले प्रादेशिक अस्पताल भद्रपुर, साई मन्दिर, अपाङ्ग आश्रम, बाल मन्दिर र बुद्ध मन्दिर परिसरमा गरी एक सय वटा विभिन्न फलफूलका बिरुवा रोपेर दिवस मनाएको क्लबकी मिडिया इडीटर डिचेन शेर्पा राईले जानकारी दिइन् । क्लबका पदाधिकारीहरूले आँप, लिची, अमरूद र कागतीको बिरुवा रोपेका थिए । इनरव्हीलकी अध्यक्ष निर्मला निरौला खडकाको अध्यक्षता सो कार्यक्रम सम्पन्न भएको थियो । 

 

सम्बन्धित समाचार