२०८३ बैशाख १९ गते , शनिबार

झापा बार इकाईको ५९ औं स्थापना दिवस मनाइयो

sajilo news
रेवतीराज घिमिरे
२०८० पौष ६ गते , शुक्रबार
झापा बार इकाईको ५९ औं स्थापना दिवस मनाइयो

भद्रपुर । नेपाल बार एशोसिएशनको ६८ औं तथा झापा बार इकाईको ५९ औं स्थापना दिवस शुभकामना आदानप्रदान गरी मनाइएको छ।

भद्रपुरस्थित झापा बारको सभा हलमा शुक्रबार आयोजित स्थापना दिवसको उद्घाटन सत्य निरूपण तथा मेलमिलाप आयोगका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता लीला उदासीले  गरेका थिए । अधिवक्ता उदासीले न्यायिक स्वतन्त्रता कायम गर्नमा न्याय क्षेत्रका कर्मचारी लगायतका कानुन व्यवसायीहरुको सक्रियता आवश्यक रहेको बताए । देशमा न्यायिक स्वतन्त्रता  कायम गराउन सरोकारवाला सबै पक्षबीच एकता हुनु पर्नेमा उनको जोड छ । 

कार्यक्रममा बोल्दै जिल्ला अदालत झापाका न्यायाधीश अशोककुमार बस्नेतले न्याय क्षेत्रको सुधारका लागि कानुन व्यवसायीहरूले पनि त्यतिकै जिम्मेवार भएर काम गर्नु पर्ने बताए । 

कार्यक्रममा वरिष्ठ अधिवक्ता दामोदर सापकोटा, झापा बारका पूर्व उपाध्यक्ष अशोक पोखरेल, जिल्ला सरकारी वकिल कार्यालयका अवसर  मादेन लगायतले शुभकामना मन्तव्य राख्दै न्यायिक क्षेत्र स्वतन्त्र हुन नसकेकोमा आआफ्नो धारणा राखेका थिए । झापा बारका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न  कार्यक्रमको  सञ्चालन सचिव सन्तोष  प्रसाईँ र स्वागत मन्तव्य उपाध्यक्ष भीम बरालले गरेका थिए । 

सम्बन्धित समाचार