२०८३ बैशाख १९ गते , शनिबार

धनुषामा थुनुवाको मृत्युपछि प्रहरी र स्थानीयबीच झडप, गोली लागेर तीनजना घाइते

sajilo news
झापा
२०८० पौष ६ गते , शुक्रबार
धनुषामा थुनुवाको मृत्युपछि प्रहरी र स्थानीयबीच झडप, गोली लागेर तीनजना घाइते

धनुषाको हंसपुर नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ।​ गएराति सुगानिकास गाउँमा दुई पक्षबीच विवाद हुँदा ३५ वर्षीय दीपनारायण मण्डल घाइते भएका थिए। 

त्यसपछि प्रहरी आई घाइते मण्डललाई पक्राउ गरी कुटपिट गरेको र प्रहरीकै कुटाइबाट उनको मृत्यु भएको स्थानीयको आरोप छ। इलाका प्रहरी कार्यालय सुगा निकासमा जम्मा भएको भीड र आक्रोशित स्थानीयहरूले  बिहानै प्रहरी चौकी घेर्दै नाराबाजी गर्न थालेका थिए। 

यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर र रब्बरको गोली पनि प्रहार गरेको थियो। प्रहरीको गोली लागेर तीन जना घाइते भएको स्थानीयले जनाएका छन्। आक्रोशित भीडले प्रहरीको गाडीमा आगजनी गरेका छन्।

सम्बन्धित समाचार