२०८३ बैशाख १९ गते , शनिबार

गरामनीस्थित दुर्गा माविमा बाँदर छिरेपछि....

sajilo news
झापा
२०८० पौष ६ गते , शुक्रबार
गरामनीस्थित दुर्गा माविमा बाँदर छिरेपछि....

बिर्तामोड । विद्यालय परिसरमा बाँदर छिरेपछि बिर्तामोड-८ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । बिहान ७ बजेदेखि आएको बाँदरले आक्रमण गर्न खोजेपछि विद्यार्थीहरूमा भागाभाग भएको हो । बाटो अलमलिएर बाँदर विद्यालयमा छिरेको र बाँदरको प्रवेशले कक्षा ११ र १२ को पढाइ प्रभावित भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिवाकोटीले बताए । उनले सो बाँदर अझै पनि विद्यालयको छेउमा रहेको जानकारी दिए ।

सम्बन्धित समाचार