२०८३ बैशाख १९ गते , शनिबार
पत्रकार राजेन्द्र गौतमलाई पितृ शोक
झापाली पत्रकार राजेन्द्र गौतमलाई पितृ शोक परेको छ । नेपाल प्रेस युनियन कोशी प्रदेश परामर्श समिति सदस्य समेत रहेका पत्रकार गौतमका पिता डिल्लीप्रसाद गौतमको भोजपुरको अरुण गाउँपालिका ६ पाउलीस्थित निवासमा निधन भएको हो ।
२००६ साल पुस ११ गते जन्मिएका गौतमको उच्च रक्तचापका कारण निधन भएको हो । गौतमका श्रीमती चित्रकुमारी सहित ४ छोरा र २ छोरी रहेका छन् ।
चार जना छोरा बुहारीहरूमा कृष्णप्रसाद – पवित्रा, राजेन्द्र – धनु, विनोद– निर्मला, खगेन्द्र – रक्षा रहेका छन् । दुई छोरीहरू मुना र चन्द्रकला छन् ।
नेपाल पत्रकार महासंघ झापाका सदस्य पत्रकार राजेन्द्र लामो समयदेखि झापामा रहेर पत्रकारिता गर्दै आएका छन् । मेचीनगरस्थित धुलाबारीमा बसोबास गर्दै आएका राजेन्द्रकी श्रीमती धनु पेसाले शिक्षक हुन् ।